
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
बिहीबार पेस भएको रिट अध्ययनपछि शुक्रबार दर्ता गरिएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए । उनका अनुसार रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तोकिएको छैन ।
सरकारले बुधबार कार्कीलाई हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दिएका हुन् । तिहार बिदाका कारण अब रिटमाथिको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ ।

























