
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । नेप्से २.६४ अङ्कले वृद्धि भएको हो ।
शुक्रबार ३३६ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये १५८ वटाको शेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । त्यस्तै, १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

























