
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । पार्टीका मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई समर्थन फिर्तासम्बन्धी पत्र बुझाएका छन् ।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाको नेतृत्वमा मन्त्रीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । कुशवाहाले देशको वर्तमान अवस्था र प्रदेशमा राजनीतिक निकासका लागि सरकारबाट बाहिरिने निर्णय गरिएको बताए ।
नेकपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार थप दबाबमा परेको छ । मुख्यमन्त्री यादवले कात्तिक २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा नेकपाबाट अर्थमन्त्री युवराज भट्टराई, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा सहभागी थिए । पार्टीका चार मन्त्रीले सामूहिक राजीनामा दिएको विवरणसमेत सार्वजनिक भएको छ ।

























