चितवनमा बोलेरो दुर्घटना हुँदा २५ जना घाइते

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १९:३५

चितवन । चितवनको राप्ती नगरपालिका-५ सिपडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

सिपडाँडास्थित भित्री सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको र नाम तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.