
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ ।
राष्ट्र बैंकका अनुसार एक युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलरको १०४ रुपैयाँ १० पैसा कायम भएको छ ।
त्यस्तै, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनारको ४८८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । क्यानाडियन डलरको बिक्रीदर १०६ रुपैयाँ ५३ पैसा, सिंगापुर डलरको ११७ रुपैयाँ ८५ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ५८ पैसा र यूएई दिरामको ४१ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, स्विस फ्र्याङ्कको बिक्रीदर १८३ रुपैयाँ ५१ पैसा, जापानी येन १० को ९ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गिटको ३७ रुपैयाँ १३ पैसा, दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ २६ पैसा र हङकङ डलरको १९ रुपैयाँ २० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ ।



















