सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १०:५६
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढेको छ । आइतबारको तुलनामा बढेर चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ३ सय ५ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.