विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १८:१३

काठमाडौं । काठमाडौंको सितापाइलास्थित ड्रुक अमिताभ माउन्टेन (सेतो गोन्पा) मा ११औँ वार्षिक ड्रुक्पा परिषद् सुरु भएको छ । शुक्रबार आयोजित विशेष समारोहमा परिषद्को उद्घाटन सत्र सम्पन्न भएको हो ।

मंसिर १ गतेसम्म सञ्चालन हुने परिषद्मा विश्वभरका ड्रुक्पा बौद्ध गुरु, भिक्षु, आनी तथा अनुयायी सहभागी छन् । ‘विश्वव्यापी अनिश्चितताको सामना करुणा, समानता र सम्मानका साथ’ भन्ने मूल नारासहित सुरु भएको पाँचदिने परिषद्मा समसामयिक विश्वका विभिन्न चुनौतीबारे विमर्श गरिने आयोजकले जनाएको छ ।

विशेषगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, बढ्दो प्राकृतिक विपद् र वातावरण संरक्षणका विषयमा बौद्ध दर्शन तथा आधुनिक विज्ञानका दृष्टिकोणबाट छलफल हुनेछ । उद्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुण्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) ले ड्रुक्पा काग्यु परम्पराले नेपालमा जन्मिएका शाक्यमुनि बुद्धका शिक्षाको संरक्षण, संवर्द्धन र विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे ।

उनले नेपालका गोन्पाहरूमा यस परम्पराका गुरुहरूले प्रदान गर्दै आएको बौद्ध शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीको मूलप्रवाहमा जोड्नुपर्ने आवश्यकता औँल्याए । परम्परागत बौद्ध शिक्षालाई व्यवस्थित रूपमा भावी पुस्तामा हस्तान्तरण गर्न राज्यले स्पष्ट कार्यनीति बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

अन्तर्राष्ट्रिय परिषद्ले हिमाली पर्यावरणको संरक्षण र विश्व शान्तिका लागि महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
अनियमितता प्रकरण : डीडीसी विराटनगर आयोजनाका प्रमुख पक्राउ
मोरङमा साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद
कोशीमा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न शब्दावली विकासमा जोड
विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु
नेपालको जलवायु वित्त ऋणभन्दा अनुदानमा आधारित हुनुपर्नेमा जोड
मृतकका परिवारलाई जनही एक लाख राहत
कोशीका पहाडी पालिकामा रास्वपाको वडाध्यक्ष बन्ने उम्मेदवार नै भेटिएनन्
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र
प्रहरीमा बढुवाको दौड तीव्र, एआईजीदेखि डीआईजीसम्म पद रिक्त हुँदै
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.