उर्लाबारीमा ओछ्यानमै मृत भेटिए ३७ वर्षीय पुरुष

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १५:१०

विराटनगर । मोरङको उर्लाबारीमा एक पुरुष घरकै सुत्ने कोठामा अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।

मृत्यु हुनेमा तेह्रथुमको फेदाप गाउँपालिका–२ घर भई हाल उर्लाबारी नगरपालिका–४ मा बस्दै आएका ३७ वर्षीय चूडामणि श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठ लामो समयदेखि मधुमेह (सुगर) को औषधि सेवन गर्दै आएका थिए। बुधबार राति करिब ११ः३५ बजेतिर उनी आफ्नै घरको सुत्ने कोठामा ओछ्यानमा घोप्टो परेको अवस्थामा भेटिएका थिए । उनको नाकबाट रगत बगिरहेको देखेपछि श्रीमती ३१ वर्षीया सोनिमा श्रेष्ठ र छिमेकीहरूले बिहीबार राति १२ः२० बजेतिर उपचारका लागि उर्लाबारीको अरनिको अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा टोली खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.