निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १७:५४
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ

काठमाडौं । निर्वाचन प्रहरीका लागि पोसाक तथा अन्य सामग्री खरिद गर्दा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्र बनाएको छ । आयोगले खरिद प्रक्रियामा जोडिएका नेपाल दूरसञ्चारका कर्मचारी टोपेन्द्र बीसी र ठेकेदार राजमान मिश्रसँग शुक्रबार पुनः बयान लिएको छ ।

आयोग स्रोतका अनुसार दुवै जनालाई यसअघि पनि पटक–पटक सोधपुछ गरिएको थियो । शुक्रबार उनीहरूसँग तेस्रोपटक बयान लिइएको हो । निर्वाचन प्रहरीको पोसाक खरिदसँग सम्बन्धित कागजात र विगतको खरिद प्रक्रियाका बारेमा थप स्पष्ट हुन आयोगले उनीहरूलाई बोलाएको बताइएको छ ।

बीसी सरकारी कर्मचारी भए पनि अरूकै नाममा फर्म दर्ता गरेर ठेक्कापट्टाको काममा संलग्न रहेको स्रोतको दाबी छ । ठेकेदार मिश्रले पनि अख्तियारमा उपस्थित भएर बयान दिएको स्वीकार गरेका छन् ।

गत साता नेपाल प्रहरीको नेतृत्वबाट हटाइएका पूर्वआईजीपी दानबहादुर कार्कीलाई समेत जोडेर यस प्रकरणको अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ । कार्कीलाई जिम्मेवारीबाट हटाउनुअघि नै अख्तियारबाट मुद्दा अघि बढाउने सरकारको चाहना रहेको बताइए पनि आयोगले खरिद प्रक्रियासँग सम्बन्धित कागजात, संलग्न व्यक्तिको भूमिका र विगतको निर्णयका बारेमा विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको स्रोतले जनाएको छ ।

सोमबारको बिदा सकिएलगत्तै यस प्रकरणमा थप निर्णय लिनुपर्ने भएकाले त्यसअघि केही विषय स्पष्ट पार्न बीसी र मिश्रलाई बोलाइएको स्रोतको दाबी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

त्यस्तै, सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गरेको थियो । ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना तथा परिचालन गर्दा आवश्यक पोसाक र बन्दोबस्तीका सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ स्वीकृत गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैलाई समेट्ने गरी बनाइएको उक्त कार्यविधि स्वीकृत गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको उजुरीमा उल्लेख छ ।

यस प्रकरणमा सार्वजनिक लेखा समितिले पनि उपसमिति गठन गरेर छुट्टै अध्ययन गरिरहेको छ । अख्तियारको अनुसन्धान र संसदीय समितिको अध्ययनले निर्वाचन प्रहरीको पोसाक तथा सामग्री खरिद प्रक्रियामा भएका निर्णय, त्यसमा संलग्न अधिकारी र ठेकेदारको भूमिकाका बारेमा थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु
नेपालको जलवायु वित्त ऋणभन्दा अनुदानमा आधारित हुनुपर्नेमा जोड
मृतकका परिवारलाई जनही एक लाख राहत
कोशीका पहाडी पालिकामा रास्वपाको वडाध्यक्ष बन्ने उम्मेदवार नै भेटिएनन्
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र
प्रहरीमा बढुवाको दौड तीव्र, एआईजीदेखि डीआईजीसम्म पद रिक्त हुँदै
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.