
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३१ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेर ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ तोकिएको छ ।

























