सुनसरीमा भन्सार छलीका सामान बरामद

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ११:४४

विराटनगर । भन्सार छली गरेर भित्राइएका १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरका लत्ताकपडा तथा जुत्ता–चप्पल सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले बरामद गरेको छ ।

गढी गाउँपालिका–२ औराबनीस्थित इँटाभट्टा नजिकबाट प्रहरीले शनिबार साँझ प्रहरीले उक्त सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीलाई देखेपछि दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार चालक सामान बोकेको बोरा फालेर फरार भएका थिए ।

प्रहरीले बोराभित्र रहेको लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । फरार चालक र मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.