
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ विन्दुमा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२ विन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको सूचक घटेको छ भने दुई वटाको बढेको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सबल योजना र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । एभरेस्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।



















