
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट पाँचवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन् ।
दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनका क्रममा स्विच थिचेर परियोजनाहरूको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा चारवटा परियोजनाको शिलान्यास र एउटाको उद्घाटन गरिएको छ ।
शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ । यससँगै भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आयात सुरु भएको छ ।

























