
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणका लागि त्यहाँ पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका छन्।
दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित भएको यस भ्रमणका क्रममा शाहले मोदीलाई नेपाल आउन निमन्त्रणा दिएका हुन्। प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।



















