धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १६:५०

सुनसरी । लागुऔषध दुर्व्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापनाका लागि धरानमा महिला सुधार केन्द्रको भवन निर्माण हुने भएको छ ।

धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा बन्ने तीनतले भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले शिलान्यास गरे । भवन निर्माणका लागि तीन करोड नौ लाख २६ हजार ३०० रुपैयाँ लागत अनुमान गरिएको छ । भवन बनेपछि एकैपटक ५० महिलालाई आवासीय उपचार सेवा दिन सकिनेछ ।

केन्द्रका प्रथम उपाध्यक्ष शिला बज्राचार्यका अनुसार आन्तरिक स्रोत तथा देशविदेशमा रहेका सहयोगी, आजीवन सदस्य र दाताको सहयोगमा भवन निर्माण सुरु गरिएको हो । महिलाका लागि छुट्टै सुधार केन्द्र आवश्यक भएकाले २८ धुर जग्गा खरिद गरी भवन निर्माण अघि बढाइएको उनले बताइन् ।

भवनमा आवासीय कोठा, परामर्श कक्ष, बहुउद्देश्यीय हल, भोजन तथा भान्सा क्षेत्र, स्वास्थ्य तथा प्राथमिक उपचार कक्ष र सीप विकासका लागि आवश्यक संरचना रहनेछन् । उपचारका क्रममा सुरक्षित आवास, मनोसामाजिक परामर्श, योग तथा ध्यान, स्वास्थ्य परीक्षण र व्यावसायिक सीप विकास तालिम उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

शिलान्यास कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खनालले पुरुष दुर्व्यसनीको मात्र उपचार हुँदै आएको केन्द्रमा महिलाको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर छुट्टै आवास गृह निर्माण गर्न लागिएको बताए । दुर्व्यसनमा फसेका व्यक्तिलाई कारबाही मात्र नभई उपचारमार्फत समाजमा पुनःस्थापित गर्नु पनि प्रहरी र समाजको दायित्व भएको उनको भनाइ थियो ।

२०७५ चैत १ गते आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्जको शाखाका रूपमा स्थापना भएको केन्द्र २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भएको थियो । केन्द्रका अनुसार स्थापनादेखि हालसम्म दुई हजार १८७ जना उपचारका लागि भर्ना भएकामा दुई हजार १०० जनाले उपचार पूरा गरी पुनःस्थापना भएका छन् । हाल ८७ जना उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.