विराट एक्स्पोमा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०७:००

विराटनगर । विद्यार्थीका सिर्जनात्मक सोचलाई व्यावसायिक रूप दिने र सञ्चालनमा रहेका उद्यमलाई लगानी तथा बजारसँग जोड्ने उद्देश्यले विराट एक्स्पो २०२६ मा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन सञ्चालन हुने भएको छ।

उद्योग संगठन, मोरङले पहिलोपटक विचारदेखि व्यवसाय विस्तारसम्मका गतिविधि समेटेर सञ्चालन गर्न लागेको पेभिलियन विराटनगर इन्क्युबेसन सेन्टर (बीआईसी) ले व्यवस्थापन गर्नेछ। पेभिलियनमा मेकर स्पेस, डिजाइन स्टुडियो र ग्रोथ स्पेस गरी तीन कार्यक्रम सञ्चालन हुनेछन्।

आयोजकका अनुसार मेकर स्पेसमार्फत कक्षा ७ देखि १० सम्मका ५ सय विद्यार्थीलाई सिर्जनात्मक तथा प्रयोगात्मक अभ्यासमा सहभागी गराइनेछ। विद्यार्थीले कृषि, उत्पादन, फोहोर व्यवस्थापन र डिजिटल प्रविधिलगायत क्षेत्रमा देखिएका समस्या पहिचान गरी नमुना उत्पादन तयार गर्नेछन्।

त्यस्तै, डिजाइन स्टुडियोमा २० समूहका युवाले आफ्ना व्यावसायिक विचारलाई योजनामा रूपान्तरण गर्ने अवसर पाउनेछन्। आठ दिनसम्म सञ्चालन हुने कार्यक्रममा बजार सम्भाव्यता, लागत, आम्दानी र व्यवसाय सञ्चालनको मोडलबारे अभ्यास गराइनेछ। अन्तिममा सहभागीले उद्योगी, मेन्टर तथा सम्भावित लगानीकर्तासमक्ष आफ्ना योजना प्रस्तुत गर्नेछन्।

ग्रोथ स्पेसमा कोशी प्रदेशमा दर्ता भई कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका १० वटा वृद्धि उन्मुख उद्यमलाई समेटिनेछ। उनीहरूलाई लगानीका लागि आवश्यक व्यावसायिक योजना, वित्त, कानुन, बजारीकरण तथा व्यवसाय विस्तारसम्बन्धी परामर्श दिइनुका साथै बजार र सम्भावित लगानीकर्तासँग जोडिनेछ। यी उद्यम बीआईसीको एसजीबी एक्सेलेरेटर २०२६ कार्यक्रमबाट छनोट भएका हुन्।

मेकर स्पेस र डिजाइन स्टुडियोमा सहभागी हुन नोभेम्बर २५ देखि अनलाइन आवेदन खुला गरिएको छ। मेकर स्पेसका लागि डिसेम्बर १० र डिजाइन स्टुडियोका लागि डिसेम्बर ८ आवेदनको अन्तिम मिति तोकिएको छ।

उद्योग संगठनले एक्स्पोमा सहभागी हुने नयाँ विचार र उद्यमलाई इन्क्युबेसन, मेन्टर सञ्जाल तथा बजारसँग जोडेर दीर्घकालीन उद्यमशीलता विकासमा सहयोग पुर्‍याउने जनाएको छ। एक्स्पोमा लगानीकर्ता र उद्यमीबीच सम्पर्क तथा साझेदारीको अवसर सिर्जना गरिने भए पनि लगानी सम्झौताको सुनिश्चितता भने नरहेको आयोजकले स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
क्षमताभन्दा दोब्बर कैदीबन्दी झापा कारागारमा
सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
विराट एक्स्पोमा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन
देशभरको मौसम मुख्यतया सफा रहने, कोशीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.