सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०७:०६

काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको हो।

कांग्रेसले सुकुम्वासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको सरकारले महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयसमेत खोस्न खोजेको आरोप लगाएको छ। विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।

‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसको निर्णयमा भनिएको छ।

बैठकले होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।

मंसिर ८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८ः३० बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।

तपाइको प्रतिक्रिया
क्षमताभन्दा दोब्बर कैदीबन्दी झापा कारागारमा
सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
विराट एक्स्पोमा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन
देशभरको मौसम मुख्यतया सफा रहने, कोशीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.