
सप्तरी । सप्तरीमा २०१ जना एचआइभी संक्रमित रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका छन् ।
अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरूले नियमित उपचार गराइरहेको केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिइन् ।
उनका अनुसार उपचारका लागि अस्पतालको सम्पर्कमा आउनेमध्ये २० देखि ५० वर्ष उमेर समूहका बढी छन् । २०८१ सालमा १८९ र २०८२ सालमा १९५ जना एचआइभी सङ्क्रमित थिए। पछिल्ला तीन वर्षयता सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको उनले बताइन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत अस्पतालमा सञ्चालित उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित उपचार भइरहेको छ । केन्द्रकी वरिष्ठ स्टाफ नर्स यादवले सम्पर्कमा आउन नचाहनेहरू पनि रहेकाले वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको बताइ न्।
नियमित उपचारका लागि केन्द्रमा आउन नसक्ने सङ्क्रमितलाई घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था पनि रहेको अस्पतालले जनाएको छ । अस्पतालमा २०५२ सालदेखि एचआइभी सङ्क्रमितको उपचार सेवा सुरु गरिएको हो ।

























