घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार १५:५८

बाँके । सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । ड्युटीमा खटिएका बेला सेवाग्राहीसँग रकम लिएको उनीहरूको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनीहरूलाई शुक्रबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो । उनीहरूमाथि थप छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.