साक्षरताका लागि १६ वर्षमा १२ अर्ब खर्च, लक्ष्य अझै टाढा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार ०६:५३

विराटनगर । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइदैँछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने चलन छ । यो पटक ‘बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ ।

नेपालमा सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहिच १६ वर्षअघिदेखि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरेको थियो ।

विं.स. २०६५ सालमा सुरु भएको अभियानका लागि डेढ दशकमा झन्डै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर लक्ष्य हासिल भएको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लासमेत साक्षर घोषणाका लागि अभियान सञ्चालन भइरहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बताएका छन् ।

बागमती, गण्डकी र कोशी प्रदेश साक्षर घोषणा भएका छन् । मधेस प्रदेशकाका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर घोषणा बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सूनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

साक्षरताका लागि विभिन्न १२ सूचक छन् । राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न, एक देखि एक सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्न सक्ने, पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथिमिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्नेलाई साक्षर मनिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.