
रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशीविरूद्व रूपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीस श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने र जोशीसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगीको आरोपमा उनीहरूविरूद्व रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर लामिछाने र जोशीमाथि अहिले अनुसन्धान गरिरहेको छ । जोशी नेपाल प्रहरीका पूर्वडीआईजीसमेत हुन् ।




















