नेपालका हिमालमा ७० देशका नागरिकले लिए आरोहण अनुमति

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३०, शुक्रबार ०७:०२

काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका नागरिकले अनुमति लिएका छन् । विभिन्न देशका ८ सय ७० जनाले नेपालका हिमालमा आरोहण अनुमति लिएका हुन् ।

पर्यटन विभागका अनुसार, यस सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि १ सय ११ आरोही समूहका २ सय २ महिला र ६ सय ६८ पुरुष गरी कुल ८ ७० जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहणबापत ६ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्देशक गुरुङका अनुसार, मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उनले अब दुई–चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको बताए ।

विगतमा जस्तै यस सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका ३ सय ८ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

अमादब्लम आरोहणका लागि १४ आरोही समूहका १ सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका १ सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् । रासस

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.