
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३९ दशमलव ७० अंकले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ अंकमा बन्द भएको छ । आज (बुधबार) नेप्से परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको हो ।
आज ३ सय १६ कम्पनीको १ करोड ७१ लाख ४३ हजार ५ सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० को कारोबार भएको छ ।
कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सर्पाेट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लाग्यो ।
वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९ दशमलव २७ र विकास बैंक समूह ३ दशमलव १८ प्रतिशतले बढेको छ ।

























