सरकारले बढाएर तोक्यो उखुको मूल्य

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार ०६:३२

काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल २० रूपैयाँ बढाएर उखुको समर्थन मूल्य कायम गरेको हो ।

अब वृद्धि भएकोसहित प्रतिक्विन्टल ५ सय ८५ रूपैयाँ उद्योगी (उखु मिल)ले कृषकलाई तिर्नुपर्ने हुन्छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, त्यसको निर्णय गर्न बाँकी छ।

मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापतको रकम दिने निर्णय बैठकबाट भएको छ । उखु किसानले सरकारबाट यसअघि प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान पाउँदै आएका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.