
विराटनगर । क्वालिटी थाइ फुड्सले आफ्नो खाद्य नयाँ उत्पादन ‘के मज्जा’ बजारमा ल्याएको छ ।
क्वालिटी थाइ फुड्सले ३ दशकदेखि विभिन्न खाद्यान्न उत्पादन गर्दै आएको कम्पनीले दाबी गरेको छ । यसै क्रममा ‘के मज्जा’ भन्ने ब्राण्डको २ स्वादमा चाउचाउ उत्पादन गरी बजारमा ल्याएको जनाएको छ ।
‘ के मज्जा’ ब्राण्डको उत्पादन ‘श्रीराचा रामेन’ र ‘श्रीराचा सौसी चिकेन रामेन’गरी २ स्वादमा बिक्रीवितरण सुरु गरेको हो । पहिलो पटक नेपालमा उत्पादन गरेको श्रीराचालाई थाइ स्वाद तथा अन्तर्राष्ट्रिय बजारमा उत्तम क्वालिटीको सस मानिन्छ ।

यसैगरी, ‘के मज्जा’ चाउचाउ अन्य चाउचाउको तुलनामा सस्तो र गुणस्तरीयसमेत रहेको कम्पनीको दाबी छ ।
नेपालमा चलेका ६०, ७५ र १ सय ग्रामका चाउचाउको मूल्यको तुलनामा ८० ग्रामा आएको ‘के मज्जा’ को उपभोक्ता (खुद्रा)मूल्य ३० रुपैयाँ मात्र रहेको र चिकन र भेज दुवैमा उपलब्ध रहेको कम्पनीका मेनेजर शंकर दाहालले जानकारी दिए ।
नेपाली बजारमा पछिल्लो समय आवश्यकभन्दा बढी पिरोको मात्रा राखेर बजारीकरण गरेर उपभोक्तालाई अस्वस्थ बनाइरहेको अवस्थामा उपभोक्ताको श्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक मात्रामा मात्र पिरोको मात्रा राखिएको समेत कम्पनीले जनाएको छ ।
यसैगरी, उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै आएको ‘के मज्जा’ चाउचाउ तेलमा कम समय मात्र पकाएको हुनाले अन्य ब्राउन नुडल्सको तुलनामा बढी स्वास्थ्यकर हुने समेत दाहालको दाबी छ ।
साथै के मज्जामा डिहाईड्रेड भेजिटेबल प्रयोग भएका कारण अन्य चाउचाउको तुलनामा बढी स्वास्थ्यकर भएको उनले भने ।

























