सुनचाँदीको मूल्य बढ्यो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १२:२६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार (आज) बढेको मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको हो । आज १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ । चाँदी अहिले प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.