चार सय बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १, सोमबार ११:३८

विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.