
विराटनगर । लिपमोटरको प्रमुख मोडल ‘सी–१०’ विद्युतीय चारपांग्रे गाडीको विराटनगरमा बिक्री सुरु भएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गत सांग्रिला मोटर्स मुख्य वितरक रहेको उक्त गाडीको बिक्री सुरु भएको हो ।
लिपमोटरको विराटनगरका लागि आधिकारिक वितरक श्रीजा अटोमोबाइल्स बरगाछी रहेको छ । लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारी समेटेर डिजाइन गरिएको ‘लिपमोटर सी १० एसयूभी’ ले विद्युतीय सवारी साधनमा नयाँ अध्याय थपेको सांग्रिला मोटर्सका अध्यक्ष हेमन्त गोल्छाले जानकारी दिए ।
कम्पनीका अनुसार, लिप मोटर्सको यो गाडीमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
गाडीमा १ सय ६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । त्यस्तै ३ सय २० न्यूटन मिटर टर्क छ । गाडीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स भएका कारण यो गाडी नेपालका विभिन्न भूभागमा सजिलै पुग्न सक्ने कम्पनीले दाबी गरेको छ ।
गाडीमा ३ सय १५ लिटरको प्रशस्त बुट स्पेस भएको कम्पनीले जनाएको छ । कम्पनीले गाडीको ब्याट्रीको ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिने बताइएको छ ।
त्यस्तै, मोटरको ५ वर्ष वा १ लाख किलोमिटर र गाडीको ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर वारेन्टी हुने कम्पनीले प्रष्ट पारेको छ ।
यसैबीच, बिक्री सुरुवात गरेको पहिलो ग्राहकको रुपमा उक्त गाडी इटहरीका रमेश थापालाई हस्तान्तरण गरिएको छ ।
थापालाई सांग्र्रिला मोटर्सका अध्यक्ष गोल्छा र विराटनगर वितरक श्रीजा अटोमोबाइल्सका प्रबन्ध निर्देशक नवीन खतिवडाले संयुक्त रुपमा हस्तान्तरण गरे ।

























