पाँच महिनामा भारतमा बेचियो १३ अर्ब ४ करोडको विद्युत

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ६, शनिबार १६:२३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरेको छ ।

चालू आर्थिक वर्ष २०८१–८२ को साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा १३ अर्ब ४ करोड बराबरको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

भारतमा औसत प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा विद्युत विक्री भएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा हरियाणा र बिहार राज्यमा बिक्री गर्छ । सुख्खा माैसम सुरु भएका कारण पछिल्लाे समय माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ ।

प्राधिकरणले साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत निर्यात गरेको थियो । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड र मङ्सिरमा २८ करोड १४ लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको हो ।

चालू आर्थिक वर्ष ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने प्राधिकरणको लक्ष्य  थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.