
काठमाडौं । अघिल्लाे दिन साेमबारकाे तुलनामा मंगलबार सेयर बजार १४ अंकले बढेको छ ।
बजार परिसूचक १४.११ अंकले बढेदा समग्र बजार मापक परिसूचक २६२६.३१ विन्दुमा पुगेको छ ।
आज १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको हो ।

























