
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।
आज १८०० रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

























