
काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेको छ ।
मूल्य बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय पुगेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रूपैयाँले बढेर मूल्य १ हजार ८ सय १० रूपैयाँ पुगेको हो । बिहीबार १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

























