
विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा माघ ११ देखि २० गतेसम्म ८ औं विराट एक्स्पोको आयोजना गर्दैछ ।
आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले विराटनगरको डिग्री क्याम्पसको मैदान आयोजना हुने एक्स्पोमा औधोगिक उत्पादन र व्यापारिक वस्तुको प्रदर्शनी मात्र हुने छैन ।
एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुने विशुद्ध यो औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदनप्रदान गर्ने मात्र नभएर उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न र नविनतम् व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकले गरेको छ ।
नविनतम् व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्नेअपेक्षामा एक्स्पोमा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दैछ ।
संगठनले ३ वर्षदेखि सञ्चालन गर्दै सफलता हात पार्दै आएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थित बनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेटसहितको सहकार्य गरेको छ ।
निजी क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट विराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा विराटनगर इन्कुबेशन सेन्टरको स्थापना गरिँदै छ ।
इन्कुबेशन सेन्टरको औपचारिक सुरुवात र परीक्षणका लागि डेमो इन्कुबेशन कार्यक्रम सञ्चालन गर्न विराट एक्स्पोमा भिजन कोशी हकाथन सञ्चालन गरिँदै छ ।
यो हाकाथनमा नयाँ व्यवयसायिक सोच र विचार भइएका युवाबीच १० दिनसम्म प्रतिष्पर्धा गराइने छ ।

























