नेपाल आयल निगमको ५५ औं वार्षिकोत्सव

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १३:५६

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार आफ्नो ५५ औं वार्षिकोत्सव मनाएको छ । निगमले कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका अवसरमा निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको जानकारी दिए । उनका अनुसार समयमा नै अन्तिम लेखा परीक्षण पनि सम्पन्न भइसकेको छ । स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भइरहेको भट्टको भनाइ छ ।

२०७१ सालदेखि स्वचालित मूल्य प्रणाली लागू भएको हो । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य काम सुरु गरिएको उनले बताए । एलपीजी ग्यासको घरयासी र व्यापारिक मूल्य कायम गर्ने कामसमेत सुरु भएको जानकारी भट्टले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निगम तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका छन् । ‘आयल निगमले जेजति व्यवसाय गर्छ, त्यसका विकल्पहरु आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.