
विराटनगर । विराटनगरमा आयोजना हुने आठौं विराट एक्स्पोमा विराट बजार ‘विटुवी’पेभिलियन राखिने भएको छ ।
औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि विटुवीको छुटै स्टल राखिने भएको हो ।
विराट एक्स्पो माघ ११ गतेदेखि सुरु हुँदैछ । एक्स्पो १० दिनसम्म सञ्चालन हुनेछ । पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागी डिजिटल प्लेटफर्म प्राप्त गर्ने आयोजकले जनाएको छ । यो पेभिलियनमा लघु घरेलु साना उद्योग, स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउनेदेखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्ने उद्योग संगठनले जनाएकाे छ ।
एक्स्पाेमा बजार प्रवर्धनका लागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया, संघ,प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धित सबै जानकारी दिनका लागि छुट्टै स्टल राखिने आयाेजकले जनाएकाे छ ।

























