कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार ०९:१०

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार २०८२ सालको कक्षा १२ को परीक्षा आगामी वैशाख ११ गतेबाट सुरु हुने छ । परीक्षा वैशाख २४ गतेसम्म चल्ने छ । साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूले परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डका अनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षार्थीहरूले निर्धारित तालिका र समय अनुसार नै परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिनुपर्ने छ ।

यस्तो छ परीक्षा तालिका

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.