यूएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले वार्षिकोत्सव मनाउँदै

Share this
823shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १२:०८

काठमाडौं । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले स्थापनाको ३० औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गरेका हुन् ।

‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौँ । यो ३ दशकको यात्रालाई हामी भव्य रूपमा स्मरण गर्दै छौ,’ यूएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।

महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख ३ दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइने छ ।

‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुनाहरूको आतिथ्यलाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिकोत्सव मनाउने निर्णय गरेका हौं,’ उनले भने ।

प्रशिक्षक महर्जनले यस पटकको वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए ।

‘३० औँ वर्षगाँठ भएकाले पनि विशेष छ । त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘विशेष गरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुनेछ भने कोरियासहित अष्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने छन् ।’

प्रशिक्षक महर्जनले सुरुका २ दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए ।

‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्ड मास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक बेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुनेछ ।

त्यस अवसरमा तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको प्रस्तुतिका साथै विभिन्न अवार्ड प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.