
काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्थ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई मन्त्री बनाउन लागेका हुन् । विद्या भट्टराईले गत सोमबार राजीनामा दिएपछि शिक्षामन्त्री खाली थियो ।
पन्तले भोलि (बिहीबार) शपथग्रहण लिने सम्भावना छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

























