इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा, बार्सिलोना निरिह

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार ०६:३५

विराटनगर । बार्सिलोनालाई पराजित गर्दै इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–३ ले हराउँदै इन्टर समग्रमा ७–६ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा २ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी‌ गरेको थियो । खेल सकिन लाग्दा दुवै टोलीले ३–३ गोलकाे बराबरी गरे । बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९ औं मिनेटमा चौथो गोल गर्दै इन्टर फाइनलमा प्रवेश गरेको हो ।

खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमा‌ गोल गर्दै अग्रता दोब्बर पारे ।

बार्सिलोनाका लागि ५४औं मिनेटमा एरिक गार्सिया तथा ६०औं मिनेटमा डानी ओल्मोले हेडर गोल‌‌ गरे ।

८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा फ्रान्सेको असेर्बीले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए ।

त्यसपछि थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले गोल गरेपछि इन्टरलाई अग्रता दिलाए । थप गोल नहुँदा बार्सिलोनाको यात्रा सेमिफाइनलमै टुंगिएको हो ।

इन्टरले उपाधिका लागि पिएसजी र आर्सनलबीचको विजेतासँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.