विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १९:१९

विराटनगर । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साइबर सुरक्षा  सम्बन्धी अभिमुखीकरण दिइएको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रा.लिको आयोजनामा विराटनगर महानगरपालिका – ८ को महेन्द्र माध्यमिक विद्यालय र विराटनगर -११ को जनपथ माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिइएको हो ।

विराटनगर– ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका लागि साइबर सुरक्षा तालिम आवश्यक रहेकाे बताए ।

कार्यक्रममा विराटनगर- ८ का वडाध्यक्ष राम पोखरेल, विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद कठेत, भुल्केदेवी मिडियाका सल्लाहकार महेन्द्र विष्टलगायतले सम्बाेधन गरेका थिए ।

विराटनगर- ११ को जनपथ माविमा मंगलबार आयोजित कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले साइबर सुरक्षा उपयोगी विषय भएको बताए ।   सो कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद पराजुलीलगायतले सम्बाेधन गरेका थिए ।

दुई विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका सञ्चार शाखा प्रमुख कमला निरौला, महिला बालबालिका शाखा प्रमुख सुनिता पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ८ देखि १० सम्मका दुई सय विद्यार्थी सहभागी भएका थिए । तालिमको सहजीकरण प्रितम साह र अधिवक्ता विवेक तिम्सिनाले गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.