
विराटनगर । एभरेष्ट सेकेण्डरी स्कुल विराटनगरका २ विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएकाे एभरेष्टका दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए ल्याएका हुन् ।
एसईईमा एभरेष्टबाट १ सय ७१ जना विद्यार्थी सहभागी थिए ।
ती मध्ये १ सय ३३ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए (ए प्लस) ल्याएका हुन् । ३८ जना विद्यार्थीले ३.२१देखि ३.६० जीपीए ल्याएका छन् । याे पटक एभरेष्टकाे २५ औं ब्याचका विद्यार्थी एसईईमा सहभागी भएका थिए । कक्षा ११ र १२ काे नतिजा पनि एभरेष्टकाे रिजल्ट उत्कृष्ट छ ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अहिलेको नतिजा विगतकै निरन्तरता रहेको जानकारी दिए । ‘एभरेष्टको इतिहासकै निरन्तरता हो, उनले भने,’ एभरेष्टका नतिजा हरेक वर्ष झन् भन्दा झन् राम्रो बनाउन निरन्तर लागिरहेका छौं ।’
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ । अतिरिक्त क्रियाकलापका लागि एभरेष्ट कलेज परिसरमा फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ ।

























