त्रिविको उपकुलपतिमा ३ जना सिफारिस

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १४:१९

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट सिफारिस समितिले सोमबार नाम सिफारिस गरेको हो ।

समितिले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेका नामहरु भने सार्वजनिक गरिएको छैन । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उपकुलपति केशरजंग बरालले चैत १५ गते राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै त्रिविमा उपकुलपति पद रिक्त भएको थियो । अब सिफारिस भएर आएका ३ जनामध्येबाट १ जना उपकुलपति नियुक्त हुने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.