त्रिविका उपकुलपतिले सम्हाले कार्यभार

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार १९:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले कार्यभार सम्हालेका छन् । प्राडा दीपक अर्यालले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएपछि बुधबार कार्यभार सम्हालेका हुन् ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले उपकुलपतिका लागि अर्यालसहित खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । कुलपति ओलीले डा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

गत चैत १५ गते प्राडा केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.