दीपेन्द्रसिंह ऐरीको सानदार बलिङमा नेपालको रोमाञ्चक जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार २०:१३

विराटनगर । दीपेन्द्रसिंह ऐरीले सानदार बलिङ गर्दा नेपालले आईसीसी टी– २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा युएईमाथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले १४१ रनको लक्ष्य दिएको थियो । यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाउन सक्यो ।

Advertisement

यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिँदै एक विकेट लिए । बाँकी दुई ब्याटर रन आउट गराए । पहिलो बलमा युएईले १ रन जोड्यो । दोस्रो बलमा डट खेल्यो । तेस्रो बलमा युएईले छक्का प्रहार गर्याे । चौथौं र पाँचों बलमा दुई खेलाडी रनआउट भए । छैटौं बलमा युएईलाई ३ रन चाहिएको थियो । नेपालले कसिलो फिल्डिङ गर्दा १ रनमात्रै जाेड्याे ।

यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । टी–२० आईमा उनको यो नवौं अर्धशतक हो । अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए ।  यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।

कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.