एभरेस्टको ‘कारखाना’ प्रदर्शनी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ५, शनिबार १८:२४
एभरेस्टको ‘कारखाना’ प्रदर्शनी 

विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा शनिबार ‘कारखाना’ प्रदर्शनी भएको छ । स्कुलमा अध्ययनरत विद्यार्थीले आफूले जानेका विषयवस्तु समेटेर तयार गरिएको परियोजनालाई सार्वजनिक गरिएको कार्यक्रमलाई ‘कारखाना’ मार्फत प्रदर्शनी गरिएको हो ।

‘कारखाना’ प्रदर्शनीमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले आआफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुलाई व्यवहारतः विभिन्न उपकरणमार्फत प्रस्तुति देखाएका थिए ।

Advertisement

विद्यार्थीले आफैँले तयार पारेका परियोजनालाई प्रदर्शनीमा हेर्न पुगेका अभिभावकलाई उनीहरूले  तर्कसहित आविष्कारहरूले कसरी काम गर्छ ? तिनको उपयोगिता कस्तो हुन्छ ? आविष्कारहरूले मानव जीवनलाई कसरी सहज बनाउँछ जस्ता विषयमा अभिभावकलाई बुझाएका थिए ।

अभिभावकहरूले यस्ता क्रियाकलापले बालबालिकाको सिकाइ क्षमतालाई निकै प्रभावकारी बनाउने बताए । उनीहरूले आफ्ना बच्चाले तयार पारेको परियोजना देखेर खुसी लागेको बताएका थिए ।

करिब ८ सय विद्यार्थीले विभिन्न समूहमा रहेर सयौँ परियोजना कार्यहरूको प्रदर्शनी गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले विद्यार्थीहरूले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर देखाउने यो महत्त्वपूर्ण स्थल रहेको बताए ।

स्कुलले बालबालिकामा अन्वेषण र आविष्कारमा चासो बढोस् भन्ने उद्देश्यका साथ कारखानासँग सहकार्य गर्दै आएको बताइएको छ ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले एभरेस्टले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा समूहमा काम गर्ने, आत्मविश्वासमा वृद्धि हुने तथा अन्वेषणमा रुचि बढ्ने विश्वास व्यक्त गरे ।

 

 

तपाइको प्रतिक्रिया
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×