महानगरद्वारा स्वास्थ्य संस्थाको अनुगमन

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १२, बुधबार १७:४९

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको हो । अस्पतालहरुले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो ।

उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डाक्टर दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतको टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेको छ ।

अस्पतालको अनुगमन गरी सुधार गर्नुपर्ने पक्षका विषयमा निर्देशनसमेत दिएको थियो । टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई सेवा सुविधाका विषयमा सोधपुछ गरेको थियो । त्यस्तै, टोलीले सरसफाइ, ल्याब व्यवस्थापन, एक्स–रे सेवाको गुणस्तर, स्टोर व्यवस्थापनलगायतको प्रत्यक्ष अनुगमन गरी आवश्यक सुझाव दिएको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिए ।

जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको उपमेयर कार्कीले बताइन् । स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउँदै उपमेयर कार्कीले स्वास्थ्य संस्था र अस्पतालहरुको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने उल्लेख गरिन् ।

उनले दर्ता नगरी अस्पताल सञ्चालन नगर्न, समयमै नवीकरण गर्न तथा तोकिएका मापदण्ड पालना गर्न आग्रहसमेत गरेकी छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×