हत्या गरिएका कर्मचारी राकेश बर्मा ।जनकपुर । धनुषामा नेपाल आयल निगमका कर्मचारी राकेश बर्माको हत्या भएको छ ।
सिरहाको सिरहा नगरपालिका– ३ मखनाहा घर भएका ४० वर्षीय बर्मा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोमा कार्यरत थिए । प्रहरीका अनुसार आयल निगमकै दुई कर्मचारीबीचको झगडमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले बिहीबार राति १० बजेतिर हत्या भएको हुनसक्ने बताएको छ । घटनापछि फरार रहेका निगमका अर्का कर्मचारी प्रकाश यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनैले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।
सरसफाइको कुरामा विवाद हुँदा बर्मामाथि बेल्चा प्रहार गरिएको धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । मृतक बर्मा निगमका ज्यालादारी कर्मचारी हुन् ।

























