साल्पादेवीको नाफा १ लाख ७९ हजार

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार ११:२१

विराटनगर । विराटनगरको साल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ वर्षमा १ लाख ७९ हजार रूपैयाँ नाफा कमाएको छ ।

सहकारीको १५ औं साधारणसभाका अवसरमा १ लाख ७९ हजार ४ सय १७ रूपैयाँ नाफा भएको विवरण शनिबार सार्वजनिक गरिएको हो । सहकारीको वार्षिक प्रतिवेदन अनुसार शेयर पुँजी ५२ लाख ९ हजार ४ सय र निक्षेप बचत २्र६ लाख ५४ हजार ९ सय ७० रुपैयाँ छ ।

सहकारीले ३४ लाख ३२ हजार ६ सय ९२ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले १८ लाख ७५ हजार १३७ रुपैयाँ आम्दानी गरेकोमा १६ लाख ९५ हजार ७ सय २० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका अवसरमा सरकारीकी अध्यक्ष भूमिका गिरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । लेखा समिति संयोजक दीपा कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन् ।

साधारणसभाका प्रमुख अतिथि विराटनगर महानगरपालिका–८ का वडाध्यक्ष राम पोखरेलले नेपालमा सहकारीले छोटो समयमा नै फड्को मारेको भएपनि पछिल्लो समयमा सहकारीप्रति धेरै वितृष्णा बढेको बताए । सहकारीमा देखिका नकारात्मक धारणा चिनुपर्ने दायित्व सहकारी अगुवाहरुकै भएको उनको भनाइ थियो ।

‘सरकारीले नीति नियममा बस्नु पर्यो । आफ्ना सदस्य केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्नुपर्यो,’ पोखरेलले भने, ‘संख्यात्मक भन्दा नि गुणात्मक विकास गर्न सक्नुपर्छ । अनि मात्रै संस्था दिगो रुपमा सञ्चालन हुन्छ ।’

विराटनगर महानगरको सहकारी शाखाकी रोजी कार्कीले सरकारीको वित्तीय अवस्था अलि खस्किएको पाइएको बताइन् । ‘सहकारी स्वास्थ्य शिविरलगायतका सामाजिक गतिविधिमा अगाडि छन्,’ उनले भनिन्, ‘वित्तीय अवस्था सुधार गर्नुपर्ने देखिन्छ ।’

साधारणसभाका अवसरमा ज्येष्ठ सदस्यहरु सुशीला लम्साल, रुकमणि पौडेल, असल बचतकर्ता यमकुमारी बोहोरा र असल ऋणी मोना कुमारी भुजेललाई सम्मान गरिएको थियो । साधारणसभाका सहभागीलाई सहकारीकी उपाध्यक्ष सरस्वती दाहाल ओझाले स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सहकारीकी कोषाध्यक्ष सविता रिजालले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.