नाबालिका २ छोरीको हत्या गरेर फरार भएकी थिइन् अस्मिता

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १९, बुधबार १४:००

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको पत्ता लागेको छ ।

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला परेका थिए । उनीहरुलाई विष सेवन गराएर आमाले नै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

Advertisement

छोरीहरु मृत फेला परेपनि आमा अस्मिता पौडेल भेटिएकी थिइनन् । उनलाई झापाको बिर्तामोडमा फेला पारेर बुधबार बिहान विराटनगर ल्याइएको छ । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अस्मिताको शारीरिक अवस्था निक्कै कमजोर छ । ‘स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचारका लागि भर्ना गरिएको छ,’ उनले भने, ‘नाबालिका २ छोरीलाई उनैले विष खुवाएर मारेको भन्ने कुरा आएको छ ।’

घटनाको विस्तृत अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था हालसम्म अज्ञात थियो ।

स्थानीय र प्रहरीले निरन्तर खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । उनीहरुका नाबालिका छोरीहरु आइका र अपर्णा हुन् ।

आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नीको विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर बेपत्ता भएकी अस्मिता उनीहरुलाई मारेर फरार भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ ।

अस्मिताले पति अर्जुनलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ । तर, अस्मिता भने जीवितै रहेको पुष्टि भएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शवनजिकै फेला परेको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ । २ नाबालिकाको हत्या भएको घटनाका सम्बन्धमा मोरङ प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने तयारी गरेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.