धुमधामसाथ मनाइयो विराटनगरमा तिज (भिडियो)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २१, शुक्रबार १७:३५

विराटनगर । विराटनगरमा महिलाहरूले हरितालिका तिज धुमधामसाथ मनाएका छन् ।

आजको दिन विवाहित महिलाहरूले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दे व्रत बस्छन् भने अविवाहित महिलाहरू सुयोग्य पतिको कामना गर्दे निराहार व्रत बस्छन् ।

Advertisement

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा व्रतालुले शिवपार्वतीको विशेष पूजा आराधना गर्दछन् । आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको  पूजा गरे मनोकामना पूरा हुने विश्वास छ ।

तिजको अवसरमा विभिन्न मठमन्दिरमा भेला भएर महिलाहरूले नाचगान गरे । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.